IME Life

आईएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

Aug 05, 2022
प्रेस विज्ञप्ति 
आईएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न
आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा  आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा  झण्डै ५ शय जना रक्तदाता सहभागि भएका थिए ।  इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्व भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो ।  इन्स्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, कोहलपुर, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । 
नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिनु भयो । 
२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । 
आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको  प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताउनु भयो । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ  आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालन शुरु गरिएको कम्पनिले जनाएको छ ।