IME Life

एकैदिन ६ सय १२ जना अभिकर्तालाई बीमा तालिम

Aug 06, 2022
प्रेस विज्ञप्ति
एकैदिन  ६ सय १२ जना अभिकर्तालाई बीमा तालिम
आइर्.एम.ई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ६ सय १२ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ६ सय १२ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिनु भयो ।  आई .एम .ई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यलयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर्तामोड, दमक, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, जीतपुर, नुवाकोट, पोखरा, गुल्मी, दमौली, बाग्लुङ, बुटवल, भैरहवा, घोराहि, नेपालगन्ज, समशेरगञ्ज, बाँसगढी, गुलरिया, टीकापुर, अत्तरिया, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले  बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पर्ने क्रममा बीमकहरुद्धारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताउनु भयो । पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शनिवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।