
आई.एम.ई. लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपा श्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा श्री निरौला र आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए।
साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपा श्री निरौलाले आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।
Last updated on: 2025-12-28 @ 3:24 बेलुका
© 2026 IME Life Insurance . Copyright and rights reserved