दाबी भुक्तानि

प्रेस विज्ञप्ती

दाबी भुक्तानि

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित श्री सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट मिति २०७६-०३-३१ मा जीवन बीमा गर्नुभएका बीमितको मिति २०७८-०३-१५ गते उपचारका क्रममा प्रदेश नं. ०३, ललितपुर भैसेपाटि स्थित Nepal Mediciti हस्पिटलमा मृत्यु भएको थियो । बीमिलाई नोवेल कोरोना भाईरसको लक्ष्यण देखा परे पश्चात प्रथम पटक मिति २०७८-०२-२२ मा प्रदेश नं. ०१, विराटरनगर स्थित नोवल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.मा उपचार गराईएको र तंहा उपचारको संम्भव नभए पश्चात मिति २०७८-०२-३० गते हेलिकप्टरबाट ललितपुर स्थित Nepal Mediciti मा ल्याईएको थियो । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । सो क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहँुचका लागि कटिबद्ध रहेको जानकारी दिनुभयो ।