BANCASSURANCE between Century Bank Limited and IMELIFE Insurance Company.

बैशाख १३ गते , काठमाडौं ।  आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराईले हस्ताक्षर गर्नुभएको छ । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइर्.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ । आइर्.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक , बाल शिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बीस्तार गर्नु रहेको छ ।