आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५% सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप-IME LIFE Mobile app_ मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।
इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट (ila Hotel & resort), बाग्लुङ स्थित इला म्फर्ट कम्फर्ट (ila comfort) र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट (Saké and Feng restaurant), यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट (The Lakeside Retreat Pokhara) र लाजिम्पाटमा रहेको होटल ले हिमालय (Hotel Le Himalaya) लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप-IME LIFE Mobile app_ मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएकोे छ ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।