आई एम ई लाइफ इन्श्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा

प्रेस विज्ञप्ती

आई एम ई लाइफ इन्श्योरेन्सको च्याटबोट नयाँ स्वरुपमा

आई एम ई लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई एम इ लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि सेवा, ग्राहकहरु, एजेन्टहरु तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनिले लिएको छ ।

लाईफ इन्श्योरेन्स कम्पनिहरु मध्ये च्याटबोट मार्फत सेवा दिने पहिलो नै आइ एम इ लाईफ इन्श्योरेन्स कम्पनि हो । एक बर्ष पहिले नै च्याटबोट मार्फत सेवा दिइरहेको आइ एम इ लाइफ इन्श्योरेन्स कम्पनिले एक बर्षमा प्रविधिमा धेरै परिवर्तन आइसकेको तथा आफ्ना सेवा सुविधाहरुमा पनि धेरै परिवर्तन आएकोले हाल सेवा दिदै आएको च्याटबोटमा परिमार्जन गर्न आवश्यक देखिएकोले आवश्यक परिमार्जन गरी थप प्रविधि मैत्री च्याटबोट ल्याइएको कम्पनिद्वारा जनाइएको छ ।

बितेको एक बर्षमा उक्त च्याटबोटमा औसतमा दैनिकरुपले ४५० भन्दा बढि गरि, झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधिजन्य समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ र त्यसैले पनि यसमा समय सापेक्ष परिवर्तनहरु अत्यावश्यक हुन जान्छ । सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको उत्तर भरपर्दो एवं छिटो छरितो रुपमा सेवा प्रदान गरि शाखामा गइरहने झन्झटबाट मुक्त गर्ने गरि नयाँ स्वरुपमा आएको च्याटबोट आई एम ई लाइफ डाइरेक्ट ले एक प्रकारले आई एम ई लाइफको भर्चुअल कार्यालयको रुपमा आफुलाई उभ्याउन सफल हुने तथा बढि भन्दा बढि ग्राहक, एजेन्ट तथा अन्य सर्वसाधारणहरुलाई सेवा दिन सफल हुनेमा आफु बिश्वस्त रहेको कुरा कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले बताउनुभयो ।