आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई काठमाडौँ टेक्निकल स्कुलमा(KTS)५० % सम्म सहुलियत दिने । 

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल-KTS) का रोजगारमुखी तालिमहरुमा २०% देखि ५०% सम्म सहुलियत प्रदान गर्ने भएको छ भने स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आई. एम. ई. लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ । कम्पनी र स्कुलका बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप-IME LIFE Mobile app_ मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ्ग, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप -IME LIFE Mobile app_ मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.

हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।