आई. एम. ई. लाईफ इन्श्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

प्रेस बिज्ञप्ति

आई. एम. ई. लाईफ इन्श्योरेन्स लिमिटेडको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा,  हालै पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

कम्पनीका  क्षेत्रिय प्रबन्धक श्री सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्वास नगरपालिकका मेयर श्री जीवनराज थापाको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आई. एम. ई लाइफ इन्श्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुर पश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गर्नुभयो ।

सोही क्रममा कम्पनीका बिजनेस हेड श्री कर्मराज पौडेलले आई. एम. ई. लाइफ इन्श्योरेन्स कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताउनु भयो ।

उक्त शाखाबाट सुदुर पश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा आई. एम. ई लाईफ इन्श्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनि बिश्वस्त रहेको कुरा कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक श्री सुमन तिमिल्सिनाले बताउनु भयो । 

चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागेको आई. एम. ई लाईफ इन्श्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा संचालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।