प्रेस विज्ञप्ति
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ ।
उतm कार्यक्रमकालागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको छ ।
माट्रिका आइ केयर सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव सिर्जना हुने अपेक्षा गरिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख श्री खिलेन्द्र पौडेलले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, माट्रिका आइ केयर सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामिण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो ।
आईएमई लाइफ इन्स्योरेन्सले “Ensuring Future” को आफ्नो मूल मन्त्र अनुरूप सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा योगदान पु¥याउँदै आएको छ।

IME Life Insurance Provides Financial Support for Cataract Surgeries of 100 Underprivileged Citizens
IME Life Insurance Company Limited, under its Corporate Social Responsibility (CSR) initiative, has collaborated with Matrika Eye Center to support free cataract surgeries for 100 patients who have been deprived of treatment due to financial constraints.
For the implementation of this programme, the Company has provided financial assistance of NPR 600,000. Through this support, 100 cataract patients from the rural areas of Dhanusha and Mahottari districts are expected to directly benefit from the initiative.
Matrika Eye Care Center has been actively providing eye care services, cataract screening, and surgical programmes across various districts of Nepal. The combination of the Center’s experience and expertise with IME Life Insurance’s commitment to social responsibility is expected to create a positive impact within the community.
Speaking on the occasion, Mr. Khilendra Paudel, Deputy Chief Executive Officer of IME Life Insurance, stated that the Company has continuously contributed to the fields of health, education, and community development through its CSR initiatives. He expressed confidence that this collaboration would provide renewed hope to underprivileged citizens who are at risk of losing their vision due to financial hardship.
Similarly, Mr. Suraj Shrestha, President of Matrika Eye Care Center, expressed his gratitude towards IME Life Insurance for its support and stated that the programme would bring meaningful and positive change to the lives of hundreds of economically disadvantaged families in rural communities.
Guided by its core philosophy of “Ensuring Future,” IME Life Insurance has been consistently implementing social responsibility initiatives and contributing to the fields of education, healthcare, environmental conservation, financial literacy, and community upliftment.