IMELIFE Business Excellence Award

एक्सिलेन्स अवार्ड २०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ ।

इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरेको हो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो ।

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरेका छन् । त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पुर्याएको बताए ।

कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो । आईएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उनीहरुले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गरे ।