आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना सार्वजानिक गरेको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो बीमा योजनामा १८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने कम्पनीको विश्वास छ । 

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले जनाएको छ । साथै बीमाशुल्कको भुतmानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमितरुपमा तिर्न सकिनेछ । 

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Media Link
https://samachardainik.com/news-details/145155/2024-09-25
https://bizpati.com/Insurance/83862
https://np.ictframe.com/ime-life-best-term-life-insurance/
https://www.beemapost.com/2024/09/146047/
https://matribhuminews.com/2024/09/25/228515/
https://www.arthapath.com/insurance/2024/09/25/155152/
https://www.arthadabali.com/2024/09/25/65590
https://aarthiknews.com/news/94889/-best-tirt-life-life-insurance-plan–public/
https://corporatekhabar.com/ime-life-insurance-2/
https://www.arthapath.com/corporate/2024/09/25/155117/
https://www.arthatantra.com/2024/09/25/190594/
https://www.setopati.com/kinmel/banking/340075
https://www.bikashnews.com/2024/09/25/512413.html
https://abhiyandaily.com/article/aaiemii-laaiphko-bestt-ttrm-laaiph-jiivn-biimaa-yojnaa
https://www.bizshala.com/index.php/article/7979
https://www.corporatenepal.com/story/257243
https://www.nepalpress.com/2024/09/24/514530/
https://aarthiknews.com/news/94889/-best-tirt-life-life-insurance-plan–public/
https://www.kalakarmi.com/economics/152200/
https://baahrakhari.com/detail/433172
https://www.ajakoartha.com/story/113628
https://www.nepalpress.com/2024/09/23/514046/