2.5 Million For Fatal disease

यस आईं.एम.ईं. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयबाट मिति २०७६-१०-२९ गते आई.एम.ई. धन सरिता (बार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग (Critical Illness) को रक्षावरण समेत हुने गरी बीमाङक रकम  २५,००,०००। (अक्षररुपी पच्च्सि लाख रुपैंया मात्र) बराबरको बीमा गर्नुभएका श्री हिमाल पौडेललाई कम्पनीले घातक रोग दाबी वापतको रकम भुक्तानी गरेको छ । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर (Ampullary Carcinoma) प्रमाणित भएका बीमितलाई उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याए संगै सो दाबी भुक्तानी गरेको हो । वर्तमान परिप्रेक्ष्यमा प्रतिस्पर्धि कम्पनीहरु भन्दा आफुलाई अब्बल र सवेप्रवाहदाही बनाउनु कम्पनीको मुख्य उद्देश्य रहेकोले कम्पनीले उक्त कार्य गर्नका लागि दाबी भुक्तानी प्रक्रियामा थप सहजता कायम गरी छिटो तथा प्रभावकारी ढंगबाट दाबी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले जानकारी दिनुभयो । दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा निजमा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमा प्रति थप भरोसा रहने जानकारी दिनुभयो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।