बालकिरण जीवन बीमा योजना

आई.एम.ई लाइफ इन्श्योरेन्सले ल्यायो

बालकिरण जीवन बीमा योजना

पछिल्लो समय निकै आक्रामक शैलीमा बजार ओगट्दै गएको आई.एम.ई लाइफ इन्श्योरेन्स कं. लि. ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।  यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति मार्पmत बताउनुभयो ।

खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उहाँले दिनुभयो ।