आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई हलेसि डेकोरबाट सेवालिदा अभिकतम ५०% सम्म छुट प्राप्त हुने भएको छ । जसमा इन्टेरिएर डिजाइन (्क्ष्लतभचष्यच म्भकष्नल) सम्बन्धी सेवा लिदा पूर्णरुपमा ५० % छुट हुनेछ भने आमाद कर्टनमा अभिकतम ३५% सम्म, भि–बोन ब्राण्डमा कुर्सिहरुमा अभिकतम १५% सम्म र फर्निचर तथा अन्य इन्टेरिएर डेकोरेसन (Interior Decoration) का सामाग्रिमा अधिकतमा १० % सम्म छुट प्राप्त गर्न सक्नेछन । सो छुट सुविधाका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड पेश गर्नुपर्ने छ भने कम्पनीका अभिकर्ता तथा कर्मचारीले कम्पनीको आधिकारिक परिचयपत्र पेश गरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
हलेसि डेकोर १५ बर्षदेखि उत्कृष्ट इन्टेरिएर सेवा उपलब्ध गराउदै आइरहेको र भी–बोन ब्राण्डको आधिकारिक बिक्रेता हो । जसले उत्कृष्ट ब्राण्डका कुर्सी, पर्दा, कार्पेट तथा फर्निचरका सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।