आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ जसअन्तर्गत क्यबिन बेड मा ५०%, जनरल बेडमा ३०% र हस्पिटलका अन्य सेवामा २०% साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा ४०% को विषेश सहुलियत दिने भएको छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।
कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालार्इ थप प्रभावकारि र स्तरिय बनाउदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

छुट प्याकेज सम्बन्धि थप जानकारि:
S.N. | Benefit Description | Discount / Offer | Remarks |
1 | In-house hospital bills (excluding doctor consultation charges) | 20% Discount | Applicable to verified employees, agents, and policyholders only |
2 | Ambulance service in emergency cases | 100% Free | Only in emergency situations |
3 | Cabin bed charges | 50% Discount | Subject to availability |
4 | General bed charges | 30% Discount | Subject to availability |
5 | Special health package (whole body check-up) | 40% Discount | Based on company-approved package |
आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं।