...loading

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प.लि .न. १०८३/०६५/०६६
प्रधान कार्यलय - ह्याथवे कम्प्लेक्स, लैनचौर , काठमाडौँ

वैदेशिक रोजगार (म्यादी) जीवन विमालेख

अनुसुचीमा उल्लेख भएको जीवन बीमा प्रास्ताबलाई यस करारको आधार मान्ने गरी (आई.एम.ई. लाइफ इन्स्योरेन्सरे कम्पनी लिमिटेड) ले प्राप्त गरेको र यस अनुसुचीमा उल्लेख गरे बमोजिम एकल बीमासुल्क भुक्तानी प्राप्त भएको हुनाले,बीमासुल्क भूक्तानी गरेवापत यस करारको बन्देज र जुन घटना घटेमा भूक्तानी दिन भनिएको हो सो घटनाको सत्त्यता र सो भूक्तानी पाउने ब्यक्तिको कानूनी अधिकार तथा बीमितको उमेर सम्बन्धमा बीमकले स्विकार गरेको प्रमाणको अधिनमा रही यस बीमालेख बमोजिम भूक्तानी पाउने रकम बीमकले आफ्नो कार्यालयमा भूक्तानी दिनेछ ।

यस बीमालेखमा संलग्न अनुसूची, लाभका तालिका, परिभाषा र शर्तहरु यस करारको अभिन्न अंग मानिनेछन्।

अनुसूची

कार्यालय:IME Life बीमा अभिकर्ता इजाजतपत्र नं:
बीमा अविध : [term] बीमालेख नम्बर: [policyNo]
रसिदको मिति: [doc] रसिद नं. : [voucherNo]
बीमितकोनाम थर : [name] बीमाङ्क अंकमा रु.: [sa]
राहदानी नम्बर: [passportNo] बीमाङ्क अक्षरमा रु.: [saInWord]
वैदेशिक रोजगारीको निमित्त जाने मुलक:[country] बीमा शुल्क रकम:[premium]
बीमा प्रारम्भ मिति:[dateofcommencement]
इच्छाइएको व्यक्तिको नाम थर: [nomineeName] बीमालेख अन्तर्गत रक्षावरण:
प्रारम्भ हुने मितिः[doc]
ठेगाना: [address] वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गरिएको मिति र समयबाट नै जोखिम (Risk Coverage) प्रारम्भ भएको मानिनेछ|
इच्छाइएको व्यक्तिको पिता र माताको नाम : [nomineeFatherNameAndnomineeMotherName]
स्वदेशमा सम्पर्क गर्ने व्यक्तिको: बीमितको जन्म मिति: [dob]
नामथर: संलग्न उमेर खुल्ने प्रमाण: Passport
बीमित र इच्छाइएको व्यक्ति बीचको नाता : प्रस्ताव मिति: [doc]
सम्पर्क नम्बर:
पुरा ठेगाना:
बीमित र इच्छाइएको व्यक्ति बीचको नाता :
बीमालेख अन्तर्गत प्रदान गरिने सुबिधा:यो बीमालेख कायम रहेको अवधिभित्र बीमितलाई भएको शारिरीक क्षतिमा यस बीमालेखको सुबिधाको तालिकामा उल्लेख भए बमोजिमको रकम बीमकले भुक्तानी दिनेछ ।
भुक्तानी पाउने व्यक्तिःजीवित भए स्वयम् बीमित, सो नभएमा बीमितले इच्छाएको व्यक्ति, सो नभएमा बीमा ऐन २०७९ अनुसारको बीमितको आश्रित व्यक्तिय बीमालेख अन्तर्गत भुक्तानी पाउने व्यक्ति हुनेछ।
अधिकार प्राप्त अधिकारीकोः हस्ताक्षर:signsign
जांच्नेः नाम:सुदिप राणा
मिति: पद: प्रमुख जोखिमाङ्कन
सुविधाको तालिक
खण्ड घटना सुविधा
यस बीमालेखको बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बाट बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ
(क) मृत्य भएमा रू. १०,००,०००/- (अक्षरुपी दश लाख)
(ख)
  • (अ) स्थायी पूर्ण अशक्तता भएमा, वा
  • (आ) निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा
  • (इ) दुवै हातको नाडी वा दुवै खुट्टाको गोलीगाँठोको जोर्नी वा सो भन्दा शारिरीक रुपले काम नलाग्ने भएमा, वा
  • (ई) एउटा हातको नाडी वा एउटा खुट्टाको गोलीगाँठोका जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा
रू. १०,००,०००/- (अक्षरुपी दश लाख)
(ग)
  • (अ) एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा
  • (आ) एउटा हातको नाडी वा एउटा खुट्टाको गोलीगाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारिरीक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा
  • (इ) बोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा, वा
  • (ई) दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा ।
रू.५,००,०००/- (अक्षरुपी पाँच लाख)
(घ) (अ) एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा रू. २,००,०००/- (अक्षरुपी दुई लाख)
(आ) हातको बुढी औंला पूर्ण रुपले क्षति भएमा
(इ) हातको चोरी औंला पूर्ण रुपले क्षति भएमा रू. १,५०,०००/- (अक्षरुपी एक लाख पचास हजार)
(ई) हातको अरु कुनै औंला पूर्ण रुपले क्षति भएमा रू. ७०,०००/- प्रति औला (अक्षरुपी सत्तरी हजार)
(उ) खुट्टाको बुढी औंला पूर्ण रुपले क्षति भएमा रू. ५००००/- (अक्षरुपी पचास हजार)
(ऊ) खुट्टाको अरु कुनै औंला पूर्ण रुपले क्षति भएमा रू. ४०,०००/- (अक्षरुपी चालिस हजार)
(ऋ) अन्य कुनै अंगभंग भएमा, सम्बन्धित विशेषज्ञले शारिरीक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेको बीमाङ्कको प्रतिशत ।
२. यस बीमालेखको बीमा अवधि भित्र दुर्घटनाको कारणबाट बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ :-
(क) दुर्घटनाबाट लागेको चोटपटकको औषधोपचार खर्च रू. १,००,०००/- (अक्षरुपी एक लाख) हदमा नबढ्ने गरी बीमितले स्वयं व्यहोर्न परेको आवश्यक तथा वास्तविक औषधोपचार खर्च ।
३. यस बीमालेखको बीमा अवधिभित्र भएका दुर्घटनाको एकमात्र प्रत्यक्ष कारणबाट त्यस्तो दुर्घटना भएको १८३ दिन भित्र बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ:
(क) माथि खण्ड (१) को बुँदा नं. (क) देखि (ग) सम्ममा उल्लेख भएका घटना भएमा
(ख) खण्ड (३) अन्तर्गत दाबी योग्य दुर्घटना भएको ३५ दिनभित्र वा सो अवधि भित्र सूचना दिन असम्भव भएको प्रमाणित हुने कारण भएमा सम्भव हुना साथ सोको सूचना लिखित रुपमा बीमकलाई दिनुपर्नेछ ।
खण्ड (१) देखि (३) सम्म उल्लिखित घटनाहरु मध्ये एकभन्दा बढी घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुनेछ तर उक्त खण्डहरु अन्तर्गत बीमकले भुक्तानी गर्ने रकम अनुसूचीमा उल्लेखित बीमाङ्क भन्दा बढी हुने छैन।
४. यस तालिकाको खण्ड (१) वा (३) अनुसारको घटनाबाट बीमितको मृत्यु भएमा बीमकले देहाय बमोजिमको रकम थप भुक्तानी दिनेछ :
(क) दुर्घटनाको कारणबाट बीमितको औषधोपचार गर्दागर्दै मृत्यु भएमा माधि खण्ड २ को बुँदा नं. (क) बमोजिमको औषधोपचार खर्च भुक्तानी दिनेछ ।
(ख) किरिया तथा अन्य खर्च बापत रु. १,००,०००/- (एक लाख)।
(ग) बीमितको बिदेशमा मृत्यु भई शव स्वदेशमा ल्याइएको व्यहोरा प्रमाणित भएमा रु.१,००,०००।- (एक लाख) भुक्तानी दिनेछ ।
५. यस तालिकाको खण्ड १ को बुँदा नं. (क) वा (ख) अनुसारको घटना घटेमा बीमितको आयको नोक्सानी बापत थप रु. २,००,०००/- (दुई लाख) ।
६. यस तालिकाको खण्ड १ को बुँदा नं. (ग) अनुसारको घटना घटेमा बीमितको आयको नोक्सानी बापत अपरु. १,००,०००/- (एक लाख) । बीमकले भुक्तानी दिनेछ ।
७. मान्यता प्राप्त चिकित्सकबाट बीमितलाई देहाय बमोजिमको घातक रोग लागेको प्रमाणित भएमा बीमकले रु. ५,००,०००/-(पाँच लाख) भुक्तानी दिनेछ । तर मृत्यु पश्चात मात्र घातक रोगबाट मृत्यु भएको प्रमाणित
भएको अवस्थामा यो शिर्षक अन्तर्गत बीमाड्ढ भुक्तानी हुने छैन । तर यस अवस्थामा बाहेक अन्य शिर्षकहरु अन्तर्गत दावी भुक्तानी गर्न बाधा पुग्ने छैन ।
१. क्यान्सर (Cancer) २. मृगौला फेलियर (Kidney failure) ३ प्राइमरी पल्मनरी आर्टेरियल हाइपरटेन्सन
४. मल्टिपल स्क्लेरोसिस (Multiple Sclerosis) ५. महत्त्वपूर्ण अंग प्रत्यारोपन (Major organ transplant) ६. कोरोनरी आर्टरीयल बाइपास ग्राफट (coronary Artery By Pass Graft)
७. अयोटा ग्रापाट सर्जरी (Aorta Graft Surgery) ८. मुटुको भल्भको सर्जरी (Heart Valve Surgery) ९. स्ट्रोक (Stroke)
१०. पहिलो हृदयघात (Myocardial Infraction or First Heart Attack) ११. कोमा Coma १२. पुर्ण अन्धोपन (Total Blindness)
१३. प्यारालाइसिस (paralysis) १४. बेनाइन ब्रेन टिउमर( Benign Brain Tumor) १५. दुर्घटनाको कारणले टाउकोमा भएको गम्भिर चोटपटक (Major Head Trauma)

परिभाषा

यस बीमालेखमा जहाँसुकै प्रयोग भएको भएतापनि देहायका शब्दहरुको परिभाषा निम्न बमोजिम हुनेछ :

  • १. दुर्घटनाः “दुर्घटना” भन्नाले बाहिरी, आंखाले स्पष्ट देख्न सकिने, सांघातिक आकस्मिक र अप्रत्यासित घटना सम्झनुपर्छ ।
  • २. स्थायी पूर्ण अशक्तता: स्थायी पूर्ण अशक्तता” भन्नाले बीमितले आय वा मुनाफा आर्जन गर्ने कुनै पनि ब्यवसाय वा पेशा गर्न सधैका लागि असमर्थ भएको अवस्था सम्झनु पर्छ र सो शब्दले भविष्यमा निको हुने वा नहुनेमा यकिन हुन नसकिने अवस्थामा दुर्घटना घटेको मिति देखि ३६५ दिनसम्म बीमित अशक्त रहेको अवस्थालाई समेत जनाउँछ ।
  • ३. निको नहुने गरी आँखाको दृष्टि पूर्ण रुपले क्षति:“निको नहुने गरी आँखाको दृष्टि पुर्णरुपले क्षति” भन्नाले नेत्र विज्ञान (Ophthalmology) मा विशेषज्ञता प्राप्त गरेको इजाजतप्राप्त चिकित्सकद्वारा निको नहुने भनी प्रमाणित गरिएको आँखाको दृष्टि पुर्णरुपले क्षति भएको सम्झनु पर्छ । भविष्यमा निको हुने वा नहुनेमा यकिन गर्न नसकिने अवस्थामा घटना घटेको मिति देखि ३६५ दिनसम्म बीमितको दृष्टि शक्ति पूर्णरुपले क्षति भएको अवस्था कायमै रहेमा निजको निको नहुने गरी आँखाको दृष्टि पूर्णरुपले क्षति भएको मानिनेछ ।
  • ४. शारिरीक रुपले काम नलाग्ने:“शारिरीक रुपले काम नलाग्ने” भन्नाले चोटपटक लागेको अंगको सम्बन्धमा उक्त विषयमा विशेषज्ञता प्राप्त गरेको इजाजतप्राप्त चिकित्सकद्वारा प्रमाणित गरिएको अंगको उपयोगको पुर्ण हास वा पुर्ण स्थायी क्षतिलाई सम्झनुपर्छ । भविष्यमा निको हुने वा नहुनेमा यकिन हुन नसकिने अवस्थामा चोटपटक लागेको मितिदेखि ३६५ दिनसम्म बीमितको कुनै अंग शारिरीक रुपले काम नलाग्ने भएको अवस्था कायमै रहेमा निजको उक्त अंग संधैका लागि शारिरीक रुपले काम नलाग्ने भएको मानिनेछ ।
  • ५. अन्य कुनै अंगभंग:अन्य कुनै अंगभंग: “अन्य कुनै अंगभंग” भन्नाले यस बीमालेखको सुविधाको तालिकाको खण्ड (१) को बुँदा नं. (ख), (ग) र (घ) को (अ) देखि (ऊ) मा उल्लेख भएको वाहेक अन्य अंगमा चोटपटक लागि सो चोटपटक लागेको अंगको सम्बन्धमा उक्त विषयमा विशेषज्ञता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सकद्वारा प्रमाणित गरिएको अंगको उपयोगको पुर्ण हास वा पुर्ण स्थायी क्षतिलाई सम्झनुपर्छ । भविष्यमा निको हुने वा नहुनेमा यकिन हुन नसकिने अवस्थामा चोटपटक लागेको मिति देखि ३६५ दिनसम्म बीमितको कुनै अंग शारिरीक रुपले काम नलाग्ने भएको अवस्था कायम रहेमा निजको उक्त अंग सधैको लागि अंगभंग भएको मानिनेछ ।
  • छ. आवश्यक तथा वास्तविक औषधोपचार खर्चः “आवश्यक तथा वास्तविक औषधोपचार खर्च” भन्नाले दुर्घटना वा गम्भिर (Critical) रोगको कारणबाट बीमितलाई लागेका घाउचोटको लागि आवश्यक उपचार, उपचार सामाग्री वा उपचार सेवाका लागि भुक्तानी गरिएका वास्तविक खर्च रकम सम्झनु पर्छ जुन खर्च रकम सो खर्च गरिएको ठाउँमा त्यस्ता उपचार उपचार सामाग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन ।

सामान्य शर्तहरु

  • १. बीमाशुल्क भुक्तानी: बीमा प्रारम्भ मितिमा पूरा अवधिको एकमुष्ठ बीमाशुल्क नलिई बीमालेख जारी गर्न पाउने छैन।
  • २. उमेरको प्रमाण: नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको राहदानीलाई बीमकले उमेर सम्बन्धी प्रमाणको रुपमा स्वीकार गर्नेछ ।
  • ३. चुक्ता मुल्य, समर्पण मुल्य तथा कर्जाः यस बीमालेख अन्तर्गत कुनै पनि चुक्ता मूल्य, समर्पण मूल्य तथा कर्जा उपलब्ध हुनेछैन
  • ४. देहाय बमोजिमको अवस्थामा बीमकले बीमालेख रद्द गर्न सक्नेछ:-
    • (क) बीमालेख जारी भएको ६ महिनासम्म बीमित वैदेशिक रोजगारको लागि नगएमा
    • (ख) बीमित स्वयंले बीमा रद्द गर्नको लागि निवेदन दिएमा
    • उपरोक्त बमोजिम बीमालेख रद्द भएको अवस्थामा बीमकले रु.५००/- कट्टा गरी बाँकी बीमाशुल्क समानुपातिक रुपमा हिसाब गरी बीमित स्वयंमको खातामा रकम फिर्ता गर्नु पर्नेछ ।
  • ५. बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु: प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित कारणबाट बीमितको मृत्यु वा अपाङ्गता वा अंग भंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्ने छैन:-
    • (क) कानून बमोजिम अनुमति पाएको हवाई जहाजमा उडान गर्दा बाहेक अन्य उडान गर्दा ।
    • (ख) कानूनको वर्खिलाप हुने गरी कुनै युद्ध (युद्ध घोषित होस् वा नहोस्) मा संलग्न भएमा ।
    • (ग) जंगी ऐनको उल्लंघन गरेमा ।
    • (घ) नेपाल सरकारले वैदेशिक रोजगारीको लागि निषेध गरेको मुलुकमा जाँदा ।
    उपरोक्त बमोजिमको अवस्थामा बाहेक यस बीमालेखले रोजगारीमा रहेको मुलुक भन्दा बाहिरको विदेशी मुलुकमा प्रवास, यात्रा वा पेशा गर्न कुनै बाधा पुग्ने छैन