Health Checkup Camp

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सले देशका सातवटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । इन्स्योरेन्स पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै मंगलबार सात वटै प्रदेशमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट एक हजार ३०२ जनाले स्वास्थ्य लाभ लिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।

प्रदेश १ मा सुनसरी चक्रघट्टिमा आँखा शिविर, मधेश प्रदेशमा बाराको कलैयामा दन्त शिविर, बागमति प्रदेशमा चितवन, नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर, गण्डकी प्रदेशमा लमजुङको सोतीपसलमा जनरल स्वास्थ्य जाँच शिविर, लुम्बिनी प्रदेशमा गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर, कर्णाली प्रदेशमा सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर र सुदूरपश्चिम प्रदेशमा कैलालीको टीकापुर नगरपालिकाको नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो ।

१ भदौ ०७४ देखि कारोबार सञ्चालनमा आएको आईएमईलाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आएको छ ।