आई. एम. ई. लाइफ इन्स्योरेन्सले सन् २०२६ को लागि मिलियन डलर राउन्ड टेबल (MDRT) को लागि योग्य हुन सफल १ COT र ७४ MDRT सहितका अभिकर्ताहरुलाइ काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजित भव्य समारोहमा सम्मानित गरेको थियो । सो समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सहित कम्पनीका उच्च व्यबस्थानको सहभागिता थियो । कम्पनीले अभिकर्ताहरूको व्यबसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको थियो ।
MDRT संसारभरका अभिकर्ताहरुको अन्तराष्ट्रिय स्वतन्त्र संस्था हो जसले जीवन बीमा अभिकर्ता पेशाको उत्कृष्टताको मापदण्डको रूपमा मान्यता प्राप्त छ । योग्यता तथा मेहनत, ग्राहक सेवा, र नैतिक आचरणको मान्यताका रूपमा प्रतिष्ठित MDRT सदस्यतालाई पेशागत सम्मानको रूपमा लिने गरिन्छ ।
कार्यक्रममा आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूले अभिकर्ताहरूको निरन्तर साथ र सहयोगमा दिगो व्यवसाय गरी प्रविधिमैत्री, बीमित तथा अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने ब्यहोरा उदघोष गरी उक्त समारोहको समापन गरिएको थियो ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.
हाथवे कम्प्लेक्स, लैन्चौर, काठमाडौं