आइ.एम.ई.लाइफ इन्स्योरेन्सले रु. ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ्ग

आइ.एम.ई.लाइफ इन्स्योरेन्सले रु. ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ्ग

 काठमाडौं । आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ ।

कम्पनीले रु. ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ। 

कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको Website र Mobile Apps मा राखिएको Chatbot मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ गु्रप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ । 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।