आईएमई लाईफ इन्स्योरेन्सद्धारा बिमितको मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण

आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नुवाकोट शाखाले एक बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्स कम्पनीका बिमित विदुर नगरपालिका वडा नम्बर ४ का विष्णु बहादुर श्रेष्ठको मृत्यु भएकोले उहाँको श्रीमती गोमा श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको हो । इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमको बिच मृतकको श्रीमतीलाई ५ लाख ३० हजार रुपैयाँ प्रदान गरिएको शाखा प्रमुख सीताराम पौडेलले जानकारी दिनुभयो ।

शाखा प्रमुख पौडेलको अनुसार मृतक विष्णु बहादुर श्रेष्ठले विसं २०७६ सालमा “धन सरिता विमा योजना” खरिद गर्नुभएको थियो । धन सरिता विमा योजना अन्तरर्गत रहेर उहाँले ५ लाख रुपैयाँको जीवन बिमा गरे पश्चात उहाँले कम्पनीलाई ८१ हजार ३ सय रुपैयाँ बुझाउनुभएको थियो । स्वास्थ्य समस्याको कारण उपचारको क्रममा टिचिङ अस्पताल काठमाडौँमा उहाँको मृत्यु भए पछि परिवारले मृत्यु दाबी भुक्तानीको लागि कम्पनीलाई निवेदन दिएको थियो ।

बिमित मृतकको भौतिक क्षतीलाई परिपूर्ति गर्न नसकिए पनि आर्थिक क्षतीलाई कम गराउँन आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियम अनुसार मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख पौडेलले बताउनुभएको छ । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेल र कम्पनीका क्षेत्रिय प्रबन्धक सुनिल अधिकारीको उपस्थितिमा मृतकका श्रीमती गोमा श्रेष्ठलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको हो ।