आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI) को साधारण शेयर नेप्सेमा सूचीकरण

प्रेस विज्ञप्ति

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (नेप्से सिम्बोल ILI) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको ४,००,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष सिभिल क्यापिटल मार्केट लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा १,२०,००,००० कित्ता शेयर (३०%) वितरण गरेको र कम्पनीका संस्थापक शेयरधनीहरुको २,८०,००,००० कित्ता शेयर (७०%) गरी जम्मा ४,००,००,००० कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०४/१७ गतेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको निर्णयानुसार स्टक एक्सचेञ्जमा सूचिकरण भएको छ ।

मिति २०८०/०४/१८ गते कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हुँदा सम्झौता सम्पन्न भएको दोश्रो दिनबाट धितोपत्रको कारोबार शुरु हुनुपर्ने भएता पनि उक्त दिन शुक्रबार र तत्पश्चत शनिबार पर्ने भएकाले सम्भावत अर्का साता अर्थात आईतबारबाट कारोबार शुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, लैनचौरमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने शेयर रजिष्ट्रार (च्भनष्कतभच तय क्जबचभ) सम्बन्धी सम्पूर्ण सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुनेछ ।

हाल कम्पनीले देशभरि आफ्ना १४० शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवाग्राहीहरुलाई जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनी सञ्चालनको छैंटौं वर्षिक उत्सव मनाउने क्रममा रहेको आई.एम.ई. लाइफले देशव्यापीरुपमा विविध कार्यक्रम गरी बीमा जागरण एवं सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।